Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

ललितपुरमा शव फेला, हत्याको आशंका

ललितपुरमा शव फेला, हत्याको आशंका

  • सोमवार, कार्तिक २८ २०७९

  • 257
    SHARES

  • ललितपुरमा शव फेला, हत्याको आशंका

    काठमाडौं । ललितपुरको नख्खुमा शव भेटिएको छ ।

    रामेछापको चनखु घर भएका ४० वर्षीय राजनकुमार बस्नेत मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले बताउनु भयो ।

    बस्नेतको हत्या भएको हुन सक्ने आशंका गरीएको छ । बस्नेत ललितपुर महानगरपालिका–१३ स्थित बागडोलमा बस्दै आएका थिए । नख्खुको वैष्णवदेवी मन्दिरमा मृत भेटिएका बस्नेतको टाउकोमा चोट लागेको छ ।

    उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ । शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।


    सोमवार, कार्तिक २८ २०७९०७:२४:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij