Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

आसन्न निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन

आसन्न निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन

  • आइतवार, कार्तिक २७ २०७९

  • 501
    SHARES

  • आसन्न निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन

    काठमाडौं । आसन्न निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन भएको छ ।

    नेपाल सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको थियो ।

    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार मतदान सुरु हुनुभन्दा १० दिन पहिले तोकिएको स्थानमा पुगी सुरक्षा तयारी सुरु गरेको छ ।

    निर्वाचन सुरक्षार्थ परिचालन भएसँगै एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेनाले केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन सुरक्षा कक्षसमेत स्थापना गरेको छ ।नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले निर्वाचन सुरक्षार्थ नेपाली सेना गत कात्तिक ४ गतेदेखि परिचालन भई शनिबारसम्म सबै स्थानमा पुगिसकेको जानकारी दिनुभयो ।

    निर्वाचन सुरक्षार्थ ७७९ स्थानमा कम्पनी अपरेटिङ बेस (सीओपी) तथा पल्टुन अपरेटिङ बेस (पीओवी) स्थापना भइसकेका छन् । एक पल्टुनमा ३९ जना सैनिक रहने र तीन पल्टुन बरबर एक कम्पनी रहने गरी नेपाली सेनाको संरचना रहेको छ ।


    आइतवार, कार्तिक २७ २०७९०७:५३:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij