Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

बझाङमा गएको भूकम्पका कारण एक घर भत्कियो, करिब एक सय घरमा क्षति

बझाङमा गएको भूकम्पका कारण एक घर भत्कियो, करिब एक सय घरमा क्षति

  • आइतवार, कार्तिक २७ २०७९

  • 646
    SHARES

  • बझाङमा गएको भूकम्पका कारण एक घर भत्कियो, करिब एक सय घरमा क्षति

    काठमाडौं । शनिवार राति गएको भूकम्पका कारण बझाङमा एउटा घर भत्किएको छ। भूकम्पको धक्काले अन्य करिब १०० घरमा क्षति पुगेको विवरण प्राप्त भएको छ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार राति ८ बजेर १२ मिनेट जाँदा बझाङको खप्तडछान्ना गाउँपालिका– ६ पाटादेवल आसपास केन्द्रबिन्दु बनाएर ५.४ रेक्टरस्केलको भूकम्प गएको थियो।

    भूकम्पले पाटादेवल गाउँमा घर भत्केको स्थानीयले जानकारी दिएका छन्। गाउँपालिकाका धेरै ठाउँमा घरहरु चर्केको विवरण प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।

    फेरि भूकम्प आउने डरले स्थानीयहरु रातभरी घर बाहिरै आगो तापेर बसेका थिए।

    बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले गाउँपालिकाभरीमा करिब १०० घर भूकम्पका कारण चर्किएको विवरण प्राप्त भएको जानकारी दिए। केही घर भत्किएको भन्ने विवरण समेत प्राप्त भएकाले प्रभावित क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन भएको प्रजिअ अर्यालको भनाइ छ।

     


    आइतवार, कार्तिक २७ २०७९०७:२७:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij