Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

स्वयम्भूको जंगलमा बालिका बलात्कृत, एक जना पक्राउ

स्वयम्भूको जंगलमा बालिका बलात्कृत, एक जना पक्राउ

  • शनिवार, कार्तिक २६ २०७९

  • 454
    SHARES

  • स्वयम्भूको जंगलमा बालिका बलात्कृत, एक जना पक्राउ

    काठमाडौं । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू स्तुपा जंगलमा एक जना १४ वर्षीया बालिकामाथि बलात्कार भएको छ ।

    १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ सिद्धलेख गाउँपालिका-२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका-१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीलाई हिजो राति प्रहरीले पक्राउ गरेको छ ।

    गिरीले ती बालिकालाई ललाई फकाई स्वयम्भू स्तुपा नजिकै जंगलमा लगेर बलात्कार गरेको प्रहरीको दाबी छ ।

    बालिका बलात्कार भएको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    शनिवार, कार्तिक २६ २०७९०४:३०:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij