Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

डोटीमा भूकम्पले मृत्यु भएका परिवारलाई राहत रकम वितरण

डोटीमा भूकम्पले मृत्यु भएका परिवारलाई राहत रकम वितरण

  • शनिवार, कार्तिक २६ २०७९

  • 377
    SHARES

  • डोटीमा भूकम्पले मृत्यु भएका परिवारलाई राहत रकम वितरण

    डोटी । डोटीमा भूकम्पले मृत्यु भएकाका परिवारलाई राहत वितरण गरिएको छ । खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर मङ्गलवार राति गएको भूकम्पबाट ज्यान गुमाएकाका परिवारलाई राहत रकम उपलब्ध गराइएको हो । ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पबाट ६ जनाको मृत्यु भएका थिए ।

    जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका आफन्त पदमबहादुर बोहोरालाई चार लाख, विस्नादेवी बोहोरालाई तीन लाख र महावीर बोहोरालाई दुई लाख रुपैयाँ प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । त्यस्तै घरमा पूर्ण क्षति पुगेका १८ परिवारलाई टेन्ट, ब्ल्याङ्केट, खाद्यान्न उपलब्ध गराइएको छ ।

    सायल गाउँपालिकामा ३०/३० थान त्रिपाल र ब्ल्याङ्केट पठाइएको र पूर्वीचौकीको सिमलडाँडाका १० घरपरिवारलाई आज राहत सामग्री पठाउन व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।

    भौतिक क्षतिको मूल्याङ्कनका लागि प्राविधिक कर्मचारी पठाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा अनुरोध पनि गरिएको छ । भूकम्पबाट डोटीसहित आसपासका जिल्लामा घर चर्केका तथा भत्केका छन् ।


    शनिवार, कार्तिक २६ २०७९०८:०९:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij