Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कैलालीमा होम क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु

कैलालीमा होम क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु

  • शनिवार, आषाढ २० २०७७

  • 1.4K
    SHARES

  • कैलालीमा होम क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु

    कैलाली । कैलालीमा क्वारेन्टिनबाट घर गएको एक सातापछि एक महिलाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका १० मा होम क्वारेन्टिनमा बसेकी ४८ बर्सिया महिलाको मृत्यु हो ।

    भारतबाट जेठ २६ गते श्रीमानसँगै फर्किएकी उनमा प्यारालाइसिस र रक्तचापको समस्या रहेको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले बताउनुभएको छ । भारतवाट आएर १४ दिन क्वारेन्टाइनमा बसी उनलाई आरडिटी नेगेटिभ आएपछि घर पठाइएको थियो ।

    उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ र रिर्पाेट आएपछि मात्रै शव व्यवस्थापन गर्ने मेयर साउदले जानकारी दिनुभयो । उनको शव अहिले घरमै राखिएको छ ।


    शनिवार, आषाढ २० २०७७०३:००:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij