Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

अन्ततः जेरी र शंकर क्षेत्रीको सम्बन्धविच्छेद

अन्ततः जेरी र शंकर क्षेत्रीको सम्बन्धविच्छेद

  • बिहिवार, कार्तिक २४ २०७९

  • 2.4K
    SHARES

  • अन्ततः जेरी र शंकर क्षेत्रीको सम्बन्धविच्छेद

    काठमाडौं । नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच आज औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ ।

    काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् । सम्बन्धविच्छेदलाई औपचारिक रुप दिएपछि गायक क्षेत्रीले सहमतिमै डिभोर्स गरेको बताउनुभएको छ ।

    बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ ।

    शंकरले भन्नुभयो, ‘सम्बन्ध टुंग्याउन मन त थिएन, तर वैचारिक मतभिन्नता भएपछि सँगै पनि बस्न सकिएन । सहमतिमै सम्बन्ध टुंगायौं ।’

    जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो ।


    बिहिवार, कार्तिक २४ २०७९०५:०८:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij