काठमाडौं । घाँटीमा समस्या देखिएर अस्पताल भर्ना भएकी पूर्वयुवराज्ञी हिमानी शाहको टन्सिलको अपरेशन गरिएको छ।
ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा बिहीबार बिहान शाहको टन्सिलको अपरेशन सफल भएको अस्पतालले जनाएको छ।
घाँटीमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना गरिएको हिमानीका शोकीय सचिव सागर तिमिल्सिनाले बताउनुभयो ।
उहाँका अनुसार हाल हिमानीलाई भीआइपी कक्षमा राखिएको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । अस्पताल पुगेका पारस शाह पनि अप्रेशन सफल भएपछि खुसी भएका छन् ।