Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

सल्यानमा ट्याक्टर दुर्घटनाः ८ जना घाइते, ४ को अवस्था गम्भीर

सल्यानमा ट्याक्टर दुर्घटनाः ८ जना घाइते, ४ को अवस्था गम्भीर

  • बिहिवार, कार्तिक २४ २०७९

  • 308
    SHARES

  • सल्यानमा ट्याक्टर दुर्घटनाः ८ जना घाइते, ४ को अवस्था गम्भीर

    काठमाडौं । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ।

    जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१० रजेखोलाबाट थापाचौर जाँदै गरेको रा १ त १६९० नम्बरको ट्याक्टर रजेखोलामा दुर्घटनामा परेको हो। उक्त ट्याक्टर दुर्घटनामा परी ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

    घाइते हुनेमा बनगाड कुपिण्डे९१० थापाचौरका १६ वर्षीय तिलक बुढा, १८ वर्षीय भुपाल बुढा, १४ वर्षीय गोपाल पुन, १६ वर्षीय सुमन पुन, १७ वर्षीय जिमबहादुर बुढा, १७ वर्षीय कुलविर पुन, २१ वर्षीय झुपलाल घर्ती र २१ वर्षीय नन्दलाल घर्ती रहेका छन्।

    घाइते ८ जनालाई उपचारको लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाइएको छ।

    बालुवालोड गरी थापाचौरतर्फ जाँदै गरेको ट्याक्टर सडकदेखि झन्डै ५० मिटर तल खसेको छ। ट्याक्टर चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।


    बिहिवार, कार्तिक २४ २०७९०२:४४:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij