Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

देशका विभिन्न भू–भागमा पश्चिमी वायुको प्रभाव

देशका विभिन्न भू–भागमा पश्चिमी वायुको प्रभाव

  • बिहिवार, कार्तिक २४ २०७९

  • 279
    SHARES

  • देशका विभिन्न भू–भागमा पश्चिमी वायुको प्रभाव

    काठमाडौं । हाल देशका पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

    सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ।

    शुक्रबार पनि देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

     


    बिहिवार, कार्तिक २४ २०७९०६:५७:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij