Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

  • बुधवार, कार्तिक २३ २०७९

  • 1.1K
    SHARES

  • भोलि सार्वजनिक बिदा

    काठमाडौं । प्रदेश १ सरकारले भोली प्रदेश १ मा सार्वजनिक बिदा दिएको छ । प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले एक दिन शोकबिदा दिने निर्णय गरेको हो ।

    गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको आज बिहान विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन भएको थियो ।

    प्रदेश सरकारले बिहीबार एक दिन झण्डा आधा झुकाउने पनि निर्णय गरेको प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव प्रदेश सचिव अर्जुन निरौलाले बताउनुभयो । थापा ४ मंसिरमा हुने मोरङ क्षेत्र ३ को प्रदेशसभा ‘१’ बाट नेपाली कांग्रेसको उम्मेदवार हुनुहुन्थ्यो ।

    यस क्षेत्रमा निर्वाचन आयोगले भोलि नै उम्मेदवारी मनोनयको मिति आज नै सार्जनिक गरेको छ ।


    बुधवार, कार्तिक २३ २०७९०६:४१:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij