Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

डोटी भूकम्पका २ जना घाइतेलाई हेलिकोप्टरबाट धनगढी ल्याइयो

डोटी भूकम्पका २ जना घाइतेलाई हेलिकोप्टरबाट धनगढी ल्याइयो

  • बुधवार, कार्तिक २३ २०७९

  • 305
    SHARES

  • डोटी भूकम्पका २ जना घाइतेलाई हेलिकोप्टरबाट धनगढी ल्याइयो
    काठमाडौं  । डोटीमा आएको भूकम्पले घर भत्काउँदा पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घाइते भएका २ जनालाई धनगढी रेफर गरिएको छ ।
     
    जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि पूर्वीचौकी–३ की ४० वर्षीय चना बोहरा र ५० वर्षीय बिष्ना बोहरालाई नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी ल्याइएको हो ।
     
    डोटी जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नीराजन श्रेष्ठले चनाको छातीमा हावा जमेको, ४ वटा करङ्ग भाँचिएको र घाँटीको हड्डी भाँचिएको छ । उहाँको छातीबाट हावा निकाली थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको हो ।
     
    घाँटीका हड्डी भाँचिएकाले उहाँको सिटी स्क्यान गर्नुपर्ने अवस्था रहेको डा. श्रेष्ठले बताउनुभयो । बिष्नाको हात भाँचिएको छ । अन्य घाइतेहरूको उपचार जिल्ला अस्पताल डोटीमा भइरहेको छ ।
     


    बुधवार, कार्तिक २३ २०७९०३:२७:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij