Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

डोटीमा गएराती ६.६ म्याग्निच्यूडको भूकम्प, ६ जनाको मृत्यु (नामसहित)

डोटीमा गएराती ६.६ म्याग्निच्यूडको भूकम्प, ६ जनाको मृत्यु (नामसहित)

  • बुधवार, कार्तिक २३ २०७९

  • 709
    SHARES

  • डोटीमा गएराती ६.६ म्याग्निच्यूडको भूकम्प,  ६ जनाको मृत्यु (नामसहित)

    काठमाडौं । मंगलबार राती डोटीमा भूकम्पले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ ।

    मध्यराति ६.६ म्याग्निच्यूडको भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको हो ।

    ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको हाम्रा सहकर्मी चक्र कुँवरले जानकारी दिनुभयो ।

    यस्तै सोही ठाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि घरमा पुरिएर मृत्यु भएको छ । प्रेम बोहरा सोमबार मात्रै भारतबाट घर फर्किएका हुन् । मृतक ६ जनाकै शव निकालिएको प्रहरीले जनाएको छ ।

    यस्तै भूकम्पले सोही वडाका पाँच जना घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६वर्षीय चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा छन् ।

    उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । भूकम्पले ठाडागाउँका ८ वटा घर भत्काएको छ भने जिल्लाका अन्य स्थानमा पनि भौतिक क्षति भए पनि मानवीय क्षतिको विवरण प्राप्त नभएको सहकर्मी कुँवरले बताउनुभयो ।

    बुुधबार साँझ ९ बजेको वरपर देशका धेरै स्थानमा भुकम्पको धक्का महसुस गरिएको थियो ।


    बुधवार, कार्तिक २३ २०७९०६:०७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij