Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

कालिकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ घाइते

कालिकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ घाइते

  • मंगलवार, कार्तिक २२ २०७९

  • 500
    SHARES

  • कालिकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ घाइते

    काठमाडौँ ।
    कालिकोटको तिलागुफामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।

    मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे १ च ४४१२ नम्बरको यात्रुवाहक जिप आज कर्णाली राजमार्गको खल्लागाड पुल नजिकै दुर्घटना हुँदा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुर्दशन सेजुवालको मृत्यु भएको प्रहरीले बताएको छ ।

    घाईते ७ जना घाइतेको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ ।

    घाइते हुनेमा हुम्लाका २२ वर्षीय केशरी शाही, र २४ वर्षीय उज्जवल सिंह, मुगुका १७ वर्षीय धिरज बुढा, १६ वर्षीय गोपीचन्द्र बुढा, ३१ वर्षीय सन्तोष शाही, मुगु घर भएका गाडी चालक ३५ वर्षीय प्रेमसिंह बडुवाल छन् भने अन्य एक जनाको नाम खुल्न सकेको छैन ।

    जिप दुर्घटनाको कारण खुल्न सकेको छैन ।


    मंगलवार, कार्तिक २२ २०७९०४:१५:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij