काठमाडौँ ।
विशेष अदालतबाट सफाइ पाएका १२४ मुद्दाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदनका लागी रिट दिएको छ ।
आज आयोगले पत्रकार सम्मेलन गरेर विशेष अदालतबाट भएका फैसलामा चित्त नबुझेपछि अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दिएको बताएको छ ।
२५१ प्रतिवादीका १२४ मुद्दाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदनमा गएको अख्तियारको भनाई छ ।
उक्त मुद्दाको कुल बिगो रकम ४२ करोड १६ लाख २६ हजार ४ सय ६२ रुपैयाँ रहेको अख्तियारले जनाएको छ ।