काठमाडौं ।आज देशभर थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८७९ जनामा गरिएको नमुना परीक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै सोही समयमा १८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपाललमा हाल कोरोनाका सक्रिय संक्रमित ५७० जना रहेका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।