काठमाडौँ। धनुषामा बोलेरो दुर्घटना हदा एक शिशुको ज्यान गएको छ भने ६ जना गम्भीर घाईते भएका छन् ।
जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको ना ३ च ३५७५ नम्बरको बोलेरो दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
मृतक ११ दिने शिशु रहेको धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । गम्भीर घाइते ६ जनाकै पहिचान हुन सकेको छैन ।
उनीहरुको नाम र ठेगाना खुल्न सकेको छैन। गाडी अनियन्त्रित भएर सडक छेउमा पल्टेको डिएसपी क्षेत्रीले जानकारी दिनुभयो ।