Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

रेडियोका संगठनहरुद्धारा निर्वाचन आयोगको ध्यानाकर्षण

रेडियोका संगठनहरुद्धारा निर्वाचन आयोगको ध्यानाकर्षण

  • शनिवार, कार्तिक १९ २०७९

  • 346
    SHARES

  • रेडियोका संगठनहरुद्धारा निर्वाचन आयोगको ध्यानाकर्षण

    काठमाडौ
    नेपालका सामुदायिक तथा स्वतन्त्र एफएम रेडियो सञ्चालकहरुको छाता संगठनहरुले आगामी मंसिर ४ को प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा केन्द्रीत सामाग्रीहरुमा निर्वाचन आयोगको भुमिकाप्रति सचेत गराएका छन् ।

    नेपालका सामुदायिक तथा स्वतन्त्र एफएम रेडियोहरुका छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ (अकोराब),ब्रोकास्टीङ्ग एसोसियशन नेपाल (बान), रेडियो ब्रोडकाष्टर्स फोरम नेपाल (आर विएफ नेपाल)ले संयुक्त ज्ञापन पत्र जारी गरी आयोगलाई सचेत गराउदै भुमिका सच्याउन आग्रह गरेका हुन् ।

    नेपालका सामुदायिक तथा स्वतन्त्र एफएम रेडियोहरुले स्वतस्फुर्त रुपमा आम नेपालीहरु माझ निश्पक्ष, स्वतन्त्र तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागी निर्वाचनको माहौल सृजना गर्न सुसुतित पार्न आ आफ्नै तवरबाट विभिन्न कार्यक्रम तथा सुचनाहरु प्रसारण गर्ने कार्य गर्दै आईरहेको आजको अबस्थामा, आयोग तिनै सामुदायिक तथा स्वतन्त्र रेडियोहरु प्रति सकारात्मक नभएको महसुस गर्न बाध्य भएको कुरा यहाँमा जानकारी गराउन चाहन्छौ, ज्ञापनपत्रमा भनिएको छ ।

    314535190_680920750427097_3943211584988442260_n.jpg314396865_1818204108523932_4625662307890388527_n.jpg


    शनिवार, कार्तिक १९ २०७९०७:५०:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij