Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सन्दीपको थुनछेक बहस सकियो, आजै आदेश आउने सम्भावना

सन्दीपको थुनछेक बहस सकियो, आजै आदेश आउने सम्भावना

  • शुक्रवार, कार्तिक १८ २०७९

  • 536
    SHARES

  • सन्दीपको थुनछेक बहस सकियो, आजै आदेश आउने सम्भावना

    काठमाडौं–नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने विरुद्धको बलात्कारको मुद्दामा थुनछेक बहस सकिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव घिमिरेको इजलासमा थुनछेक बसह सकिएको हो।

    जिल्ला अदालत स्रोतका अनुसार अब केही बेरपछि थनछेक आदेश आउनेछ। आज सरकारी वकिल र पीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस सकेसँगै थुनछेक बहस सकिएको हो।

    अब अदालतले सन्दीपलाई तारेख वा थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नेभन्ने आदेश गर्नेछ। अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए उनलाई जेल चलान गरिनेछ।


    शुक्रवार, कार्तिक १८ २०७९०१:५०:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij