Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

बझाङमा पहिरोमा परि बेपत्ता भएकामध्ये तीन जनाको शव भेटियो

बझाङमा पहिरोमा परि बेपत्ता भएकामध्ये तीन जनाको शव भेटियो

  • शनिवार, आषाढ २० २०७७

  • 682
    SHARES

  • बझाङमा पहिरोमा परि बेपत्ता भएकामध्ये तीन जनाको शव भेटियो

    बझाङमा पहिरोमा परि बेपत्ता भएकामध्ये तीन जनाको शव भेटिएको छ । केदारस्युँ गाउँपालिका ८ मल्लेसीमा गएको पहिरोमा परेर बेपत्ता भएकामध्ये अहिलेसम्म ३ जनाको शव भेटिएको गाउँपालिकाका निमित्त प्रशासकीय प्रमुख घनराज जोशीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार त्यहाँको एउटा पावरहाउस सगै १८ वटा घर पहिरोले पुरिएका छन । उता जिल्ला सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तथा कालंगा जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली घटनास्थल पुग्न प्रयासरत रहेको प्रमुख जिल्ला अधिकारी कमलराज पाण्डे बताउनुभयो ।

    पहिरोले त्यो गाउँ जाने बाटोसमेत बगाएकोले बाटो बनाएर घटनास्थल जाने प्रयास गरिरहेको प्रहरीले जनाएको छ । उद्धार टोली त्यहाँ पुग्नका लागि अझै समय लाग्न सक्ने बताइएको छ ।


    शनिवार, आषाढ २० २०७७०२:५५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij