Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

विराटनगरको कोल्डस्टोरमा ग्यास लिक हुँदा निसासिएर १ जनाको मृत्यु

विराटनगरको कोल्डस्टोरमा ग्यास लिक हुँदा निसासिएर १ जनाको मृत्यु

  • बिहिवार, कार्तिक १७ २०७९

  • 371
    SHARES

  • विराटनगरको कोल्डस्टोरमा ग्यास लिक हुँदा निसासिएर १ जनाको मृत्यु

    काठमाडौं
    विराटनगर ४ मा रहेको रामजानकी कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर एक जना कामदारको मृत्यु भएको छ । कोल्ड स्टोरमा बिहीबार (आज) दिउँसो अचानक ग्यास लिक हुँदा निसासिएर कोल्ड स्टोरका कामदार विराटनगर–५ का ५४ वर्षीय रौदी चौधरीको मृत्यु भएको हो ।

    चौधरी कोल्ड स्टोरका मिस्त्री हुन् । कोल्ड स्टोरभित्र ग्यास लिक भएपछि निसासिएर बेहोस भएको अवस्थामा चौधरीलाई फेला पारिएको र उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

    स्थानीयका अनुसार चौधरी कोल्ड स्टोरभित्र काम गरिरहेका थिए । त्यही बेला अचानक ग्यास लिक भएको हो । प्रहरीका अनुसार बाहिर निस्कन नपाउँदै चौधरी बेहोस भएर त्यहीँ ढलेका थिए । शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगेर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । अनुसन्धानपछि मात्रै ग्यास कसरी लिक भयो भन्ने बारेमा पत्ता लाग्ने उहाँको भनाइ छ ।

     


    बिहिवार, कार्तिक १७ २०७९०३:४५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij