Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

पञ्जाबमा पराल जलाउँदा नेपालमा वायुप्रदुषण

पञ्जाबमा पराल जलाउँदा नेपालमा वायुप्रदुषण

  • बिहिवार, कार्तिक १७ २०७९

  • 344
    SHARES

  • पञ्जाबमा पराल जलाउँदा  नेपालमा वायुप्रदुषण

    काठमाडौं । हावाको गुणस्तरको सूचक अनुसार यति बेला काठमाडौँको वायुमण्डलमा भएको प्रदूषणको मात्रा संवेदनशील समूहका लागि अस्वस्थ प्रकृतिको रहेको छ ।

    वातावरण विभागका अनुसार काठमाडौँको भन्दा पनि पश्चिम तराइको क्षेत्रमा वातावरण प्रदूषणको मात्रा उल्लेख्य रहेको छ ।

    तिहार लगतै नेपालमा वायु प्रदूषणको मात्रा बढेको विभागका वातावरण निरीक्षक गोविन्द लामिछानेले जानकारी दिनुभयो । यसको कारण भारत खेतका परालमा लगाइएको आगो रहेको उहाँको भनाई छ ।

    निरीक्षक लामिछानेले भन्नुभयो–‘भारतको पञ्जाबतिर आगोको घटनाहरू धेरै देखिन्छ । त्यसले गर्दा दक्षिण एसियाको क्षेत्रमा बढी प्रदूषण देखिन्छ । अहिले प्रदूषणको बढी असर पश्चिम तराईमा धेरै देखिन्छ । स्याटेलाइट इमेज हेर्दा पश्चिम तराईमा तुवाँलाको मात्रा धेरै बढेको छ । तर काठमाडौँमा आइसकेको छैन कि जस्तो देखिन्छ । नेपालमा अहिले पश्चिमी वायुको प्रभाव अलि कम नै देखिन्छ । अहिले पनि धेरैजसो उत्तरतिरबाट नै हावा बहेको देखिन्छ, काठमाडौँमा अलि आइपुगेको अलि देखिँदैन ।’

    उहाँले पूर्वी तराई भन्दा पनि पश्चिम तराईमा वायु प्रदूषणको मात्रा बढी रहेको केही समयपछि काठमाडौँमा यसको मात्रा बढ्न सक्ने बताउनुभयो । भारतमा भएको वायु प्रदूषणको असर नेपाल आइपुगेको बताउँदै उहाँले भन्नुभयो–‘भारतको पञ्जाव र हरियाणा क्षेत्रमा हिउँदको समयमा धान काटिसकेपछि पराल जलाउने गर्छन् । त्यसको असर विहारको पूर्वसम्म देखिन्छ । ती सबै क्षेत्र अहिले तुवाँलोले ढाकेको छ । त्यहाँको प्रदूषण बिस्तारै हावाले बगाएर ल्याउँदा त्यसको असरमा नेपालमा पनि परेको हो ।

    पञ्जाब, दिल्लीबाट पश्चिम तराई नजिक पर्ने भएका कारण ती क्षेत्रमा सबैभन्दा धेरै असर रहेको उहाँले बताउनुभयो ।


    बिहिवार, कार्तिक १७ २०७९०१:५१:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij