Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

  • बुधवार, कार्तिक १६ २०७९

  • 727
    SHARES

  • सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस नसकिएपछि बुधबार मुद्दा हेर्दाहेर्दैमा अर्कोदिनका लागि राखिएको छ ।

    आजको बहसमा प्रतिवादी सन्दीपको तर्फबाट रोशनी पौडेल, मुरारी सापकोटासहित वरिष्ठ अधिवक्ता शशि अधिकारी, सुनिता रेग्मी, अधिवक्ता शान्ति काफ्लेलगायतले बहस गरेका थिए ।

    यसअघि मंगलबार साँझ अबेरसम्म सन्दीपको बयान लिइएको थियो । मंगलबार साँझसम्म बयान लिएर सकाएपछि सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखेर आज थुनछेक बहस भएको हो । १७ वर्षीय नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले अनुसन्धान गरेको थियो ।

    २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते सोमबार काठमाडौँ जिल्ला अदालतमा सन्दीपविरुद्ध जबर्जस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो ।


    बुधवार, कार्तिक १६ २०७९०५:०३:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij