Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बाग्लुङ पहिरो : हराएकामध्ये १५ जनाको शव भेटियो

बाग्लुङ पहिरो : हराएकामध्ये १५ जनाको शव भेटियो

  • शनिवार, भाद्र २० २०७७

  • 1.2K
    SHARES

  • बाग्लुङ पहिरो : हराएकामध्ये १५ जनाको शव भेटियो

    काठमाडौं । बाग्लुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा बुधबार राति आएको बाढी–पहिरोमा हराइरहेका २४ मध्ये थप एकजना पुरुषको शव फेला परेको छ ।

    उनको सनाखत हुन नसकेको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताउनुभयो ।

    प्रहरीले बेपत्ताको खोजी गर्ने क्रममा आज भुजीखोला किनारमा एक पुरुषको शव फेला परेसँगै त्यस बाढी–पहिरोमापरी मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

    पहिरोमा २३ जना अझै हराइरहेका छन् । हराएकामा १५ दिने शिशुदेखि वृद्धसमेत रहेका छन् ।

    मृत्यु भएका १४ मध्ये १३ जनाको शव सनाखत भएको छ । एक जनाको शव सनाखत हुन बाँकी छ । हराएकाहरुको खोजी जारी राखेको प्रहरीले जनाएको छ ।

     


    शनिवार, भाद्र २० २०७७०६:२७:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij