Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

चितुवाको आक्रमणबाट तनहुँमा ८ वर्षीय बालकको मृत्यु

चितुवाको आक्रमणबाट तनहुँमा ८ वर्षीय बालकको मृत्यु

  • बुधवार, कार्तिक १६ २०७९

  • 369
    SHARES

  • चितुवाको आक्रमणबाट तनहुँमा ८ वर्षीय बालकको मृत्यु
    काठमाडौं । तनहुँमा चितुवाको आक्रमणबाट हिजो साँझ आठ वर्षीय बालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१२ छिर्कन निवासी जगदीश कुँवरको छोरा अभिनम कुँवरको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । 
     
    घरदेखि तल रहेको गोठमा साँझपख हजुरआमाले भैँसी दुहिरहेकी र बालक गोठको ढोकामा बसिरहेको अवस्थामा चितुवाले तानेर लगेको प्रहरीले जनाएको छ । 
     
    गोठदेखि करिब एक सय मिटर तल लगेपछि मानिसले हल्लीखल्ली गरेपछि चितुवाले बालकलाई छाडेर गएको डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । 
     
    तनहुँमा चितुवाको आक्रमणबाट १२ भन्दा बढी बालबालिकाको मृत्यु भइसकेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । 
     


    बुधवार, कार्तिक १६ २०७९०६:३७:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij