Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

काठमाडौंको न्युरोडमा एक पुरुष मृत फेला

काठमाडौंको न्युरोडमा एक पुरुष मृत फेला

  • मंगलवार, कार्तिक १५ २०७९

  • 386
    SHARES

  • काठमाडौंको न्युरोडमा एक पुरुष मृत फेला

    काठमाडौं । काठमाडौंको न्युरोडमा एक पुरुषको शव फेला परेको छ । जुद्ध शालिक नजिकको एक मन्दिरभित्र आज बिहान शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

    अन्दाजी ५५÷५६ वर्षको पुरुषको शव फेला परेको हो । प्रहरीका अनुसार उनी ज्याला मजदुरीको काम गर्दै आएका व्यक्ति हुन् । तर सनाखत हुन बाँकी छ ।

    उनको टाउकोमा चोट देखिएको छ । घटनास्थलमा ढोकामा लगाउने आग्लो जस्तो लामो काठ पनि फेला परेको छ । घटनाको प्रकृति हेर्दा उनको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुगेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    मंगलवार, कार्तिक १५ २०७९०१:५५:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij