Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

मुख छाडेकै निहुमा १४ वर्षीय बालकको हत्या, ५ जना प्रकाउ

मुख छाडेकै निहुमा १४ वर्षीय बालकको हत्या, ५ जना प्रकाउ

  • सोमवार, कार्तिक १४ २०७९

  • 660
    SHARES

  • मुख छाडेकै निहुमा १४ वर्षीय बालकको हत्या, ५ जना प्रकाउ

    काठमाडौं । मोरङको उर्लाबारीमा १४ वर्षीय बालकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

    आइतबार राति दमक नगरपालिका–१० आमवाडीका १४ वर्षीय दियुश श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।

    पक्राउ परेका पाँच जना १८ वर्षमिनका किशोर छन् । पक्राउ परेकाहरुले पूर्व रिसइवी र मेलामा मुख छाडेको निहुँमा छुरा प्रहार गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

    मोरङ र झापाको सीमा भएर बग्ने मावा खोलाको उर्लाबारी नगरपालिका वडा– ७ खण्डमा लागेको छठ मेलामा श्रेष्ठमाथि छुरा प्रहार भएको थियो ।

    छुरा प्रहार भएपछि घाइते भएका उनलाई गोदावरी अस्पताल उर्लाबारीमा भर्ना गरिएको थियो । तर उपचार सम्भव नभएपछि बीएण्डसी अस्पताल विर्तामोड पठाइएको थियो । विर्तामोडमा उपचारको क्रममा सोमबार विहान करिब ५ बजे चिकित्सकले मृत घोषित गरेका थिए ।

    घटनामा ८ जनाको संलग्नता देखिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार आक्रमण गर्ने समूहमा ७–८ जना थिए । श्रेष्ठ भने तीन जना साथीसँग मेलामा आएका थिए । मेलामा भेट भएपछि दुई समूहबीच भनाभनपछि कुटाकुट भएको थियो । सोही क्रममा ७–८ जनाको समूहले श्रेष्ठलाई छुरा प्रहार गरेको थियो ।

    छुरा प्रहारपछि आक्रमणकारी समूह फरार भएको थियो । फरार भएकामध्ये पाँच जना सोमबार दिउँसो पक्राउ परेका हुन् । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताउनुभयो ।


    सोमवार, कार्तिक १४ २०७९०५:५०:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij