Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछानेको बयान : यौन सम्बन्ध भएको छैन, म निदाइसकेको थिएँ

सन्दीप लामिछानेको बयान : यौन सम्बन्ध भएको छैन, म निदाइसकेको थिएँ

  • सोमवार, कार्तिक १४ २०७९

  • 1.1K
    SHARES

  • सन्दीप लामिछानेको बयान : यौन सम्बन्ध भएको छैन, म निदाइसकेको थिएँ

    काठमाडौं । जबरजस्ती करणीको आरोपमा हिरासतमा रहेका सन्दीप लामिछानेले प्रहरीसँगको बयानमा आफू निर्दोष रहेको जिकिर गरेका छन् । पीडित भनिएकी किशोरीसँग आफ्नो यौन सम्बन्ध नभएको उनको भनाइ छ ।

    प्रहरीले आज अदालतमा दायर गरेको अभियोगपत्रमा सन्दीपको बयान समावेश गरिएको छ । जसमा उनले आफू जाहेरीकर्ताकै जोडबलमा नगरकोट घुम्न गएको बताएका छन् । साथै फर्किएर काठमाडौं आएपछि पनि निजकै आग्रहमा काठमाडौं इन होटलमा राति बास बसेको पनि उनले दाबी गरेका छन् ।

    राति एउटै कोठामा बसेको स्वीकार गरे पनि एउटै बेडमा नसुतेको सन्दीपको बयान छ । किशोरी बेडमा र आफू कुर्सीमा बसेर लामो समय कुराकानी गरेको तथा आफू कुर्सीमै केहीबेर निदाएको उनले बताएका छन् । बिहान उठेर आफूले किशोरीलाई आफ्नै गाडीमा होस्टलसम्म पु¥याइदिएको पनि उनको भनाइ छ ।

    ‘म धेरै बेर कुर्सीमा बसेको देख्दा निजले मलाई बेडमा आएर बस्नसमेत आग्रह गरेकोमा होइन, म यहीं ठीक छु भन्दै निजको आग्रहलाई अस्वीकार गरी कुर्सीमा बसें र निज बेडमै थिइन् । मैले मेरो मोबाइलमा बिहानको ०६ः०० बजे अलार्म लगाइ कुराकानी गर्दागर्दै म कुर्सीमा निदाएँ । बिहान ०६ः०० बजे अलार्म बजेपछि म निद्राबाट बिउँझिएर हेर्दा निज सुतेकी थिइन्, मैले निजलाई उठाएँ’, सन्दीपको भनाइ छ ।

     


    सोमवार, कार्तिक १४ २०७९०४:३६:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij