Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रोपाइँको विषयमा खोकनावासी र प्रहरीबीच झडप, ४ प्रहरी घाइते

रोपाइँको विषयमा खोकनावासी र प्रहरीबीच झडप, ४ प्रहरी घाइते

  • शनिवार, आषाढ २० २०७७

  • 1.5K
    SHARES

  • रोपाइँको विषयमा खोकनावासी र प्रहरीबीच झडप, ४ प्रहरी घाइते

    काठमाडौँ । खेतमा काम गर्न जाँदा रोकेको विषयमा खोकनावासी र प्रहरीबीच शनिबार दिउँसो झडप भएको छ । सुडोल फाँटमा रोपाइँ गर्न गएका स्थानीयलाई प्रहरीले अवरोध गर्न खोजेपछि झडप भएको हो । झडपमा परी ४ जना प्रहरी घाइते भएका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि ७ राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको छ ।

    झडपपछि अहिले सुडोल फाँटमा स्थानीयले पुनः धान रोपेका छन् भने त्यस क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति छ । सुडोल फाँट काठमाडौं–तराई जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) को ‘जिरो किलोमिटर’हो । सो क्षेत्रको जग्गा सरकारले अधिग्रहण गरेको छ । तर, स्थानीयले भने मुआब्जा लिइसकेका छैनन् ।

    उनीहरुले सरोकारवालासँग छलफल नै नगरी एकलौटी ढंगबाट तयार गरेको मुआब्जा स्वीकार नभएको, फास्ट ट्रयाकसँगै वाग्मती करिडोर, १ सय ३३ केभी प्रसारण लाइन, बाहिरी चक्रपथको विन्दु पनि खोकना फाँटमै पर्ने भएकाले मौलिक बस्तीको अस्तित्व सखाप हुने भन्दै विरोध जनाउँदै आएका छन् । यसअघि असार १५ गते पनि प्रहरी र स्थानीयवासी विवाद भएको थियो ।

     


    शनिवार, आषाढ २० २०७७०२:५३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij