Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सनत र अनन्तलाई दधिराज पुरस्कार 

सनत र अनन्तलाई दधिराज पुरस्कार 

  • सोमवार, कार्तिक १४ २०७९

  • 325
    SHARES

  • सनत र अनन्तलाई दधिराज पुरस्कार 
    काठमाडौं । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले यस वर्षको ‘दधिराज सुवेदी पुरस्कार बांकेका वरिष्ठ कथाकार सनत रेग्मी र मोरङका वरिष्ठ पत्रकार अनन्त राज न्यौपानेलाई प्रदान गर्ने भएको छ ।
     
    प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्ने ५१ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार–२०७९’ लामो समयदेखि नेपाली भाषा साहित्यको क्षेत्रमा छ दशक भन्दा बढी दिएको योगदानका लागि बांकेका वरिष्ठ कथाकार रेग्मीलाई र  २५ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार– २०७९’ पत्रकारिताको क्षेत्रमा तीन दशकभन्दा बढी विशेष योगदान दिएका मोरङका वरिष्ठ पत्रकार न्यौपानेलाई प्रदान गर्ने निर्णय गरेको हो । 
     
    यस अघि उक्त पुरस्कार साहित्यकारहरू प्रा. डा.गोविन्दराज भट्टराई, प्रा.डा.अभि सुवेदी, प्रा.डा. माधवप्रसाद पोखरेल, डा. विष्णुविभु घिमिरे, एस्पी कोइराला र प्रा. चूडामणि बन्धुलाई र त्यसैगरी पत्रकारहरू हरिबहादुर थापा, शिवबहादुर कार्की, हरिहर विरही, मोहन भण्डारी, किशोर नेपाल र भूषण दाहाललाई प्रदान गरिएको थियो ।
     
    समालोचक प्राज्ञ दधिराज सुवेदीका छोराद्वय शरदराज सुवेदी र रूपकराज सुवेदीले राखेको पन्ध्र लाख अक्षय कोषको व्याजबाट प्रत्येक वर्ष यो पुरस्कार २०७३ सालदेखि नियमित प्रदान गरिंदै आएको छ । प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । यस वर्षका पुरस्कारहरू आगामी मंसिर महिनामा एक समारोहको आयोजना गरी समर्पण गरिने महासचिव दिङ्लाली कान्छोले जानकारी दिनुभएको छ ।
     


    सोमवार, कार्तिक १४ २०७९०८:२२:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij