Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

दार्चुलामा बालक मृत्यु प्रकरण : भारतीय निर्माण कम्पनीले दियो १६ लाख

दार्चुलामा बालक मृत्यु प्रकरण : भारतीय निर्माण कम्पनीले दियो १६ लाख

  • आइतवार, कार्तिक १३ २०७९

  • 328
    SHARES

  • दार्चुलामा बालक मृत्यु प्रकरण : भारतीय निर्माण कम्पनीले दियो १६ लाख

    काठमाडौं । दार्चुलामा सडक निर्माणका क्रममा खसेको ढुङ्गा लागेर व्यास गाउँपालिका–२ का १२ वर्षीय पवन महराको मृत्यु भएको घटनामा भारतीय पक्षले
    क्षतिपूर्ति वापतको रकम दिएको छ ।

    शनिबार धार्चुलास्थित एसडिएम कार्यालयमा नेपाली प्रतिनिधि समेतको उपस्थितिमा भएको छलफलपछि तावाघाट–लिपुलेक सडक निर्माण गरिरहेको गर्ग एन्ड गर्ग कम्पनीले पीडित परिवारलाई क्षतिपूर्ति वापत नेपाली १६ लाख रुपैयाँ उपलब्ध गराएको प्रहरीले जनाएको छ ।

    दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले पीडित पक्षसँग भएको सहमतीअनुसार गर्ग एन्ड गर्ग कम्पनीले १६ लाख (१० लाख भारु) उपलब्ध गराएको जानकारी दिनुभयो ।

    डीएसपी पाण्डेका अनुसार उक्त कम्पनीले सडक निर्माणका क्रममा जिलेटिन विस्फोट गर्दा खसेको ढुङ्गा लागेर बालकको मृत्यु भएको थियो भने उनकी दिदी १४ वर्षीय सरिना महरा घाइते छन् ।

    अगामी दिनमा जिलेटिन विस्फोट गराउँदा दुवै पक्षले पूर्व जानकारी दिनुपर्ने सहमती पनि भएको छ । यो घटनामा भारतीय कम्पनीले क्षतिपूर्ति दिएपछि मृतकका आफन्त बालकको शव बुझ्न तयार भएका छन् । परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको शव प्रक्रिया पूरा गरेर परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

     


    आइतवार, कार्तिक १३ २०७९०२:३३:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij