Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

नवलपुर दुर्घटना अपडेट: मृतक पाँचै जनाको सनाखत

नवलपुर दुर्घटना अपडेट: मृतक पाँचै जनाको सनाखत

  • आइतवार, कार्तिक १३ २०७९

  • 529
    SHARES

  • नवलपुर दुर्घटना अपडेट: मृतक पाँचै जनाको सनाखत
    काठमाडौं । पूर्वी नवलपरासी (नवलपुर)को बुलिङटार गाउँपालिकाको मथारमा भएको बस दुर्घटनामा मृत्यु भएकाको सनाखत भएको छ । 
     
    पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट  गोरखाको मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस आज बिहान ३ बजेतिर पूर्वी नवलपरासीको बुलिङटार–२ मथारमा दुर्घटनामा परेको थियो । 
     
    मृत्यु हुनेमा पाल्पाको रम्भादेवी गाउँपालिका–१ की ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीय धनी विक, ५८ वर्षीय देवी गाहा र स्याङ्जाको गल्यान गाउँपालिका–९ बेलचौरकी ४५ वर्षीय जुलमाया माझी रहेका घटनास्थल मै रहनुभएका पाल्पाको रम्भा गाउँपालिका–१ का वडाअध्यक्ष इश्वर काफ्ले जानकारी दिनुभयो ।
     
    उक्त दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । २९ जना यात्रु लिएर गएको बस सडकबाट करिब एक सय मिटर तल खसेको छ । रामपुर–काठमाडौँ चल्ने उक्त बस मथारमा आइपुग्दा अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका २४ जनालाई उद्धार गरी अस्पतालतर्फ पठाइएको छ ।
     


    आइतवार, कार्तिक १३ २०७९०९:३६:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij