Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटनाः २ जनाको मृत्यु, २ घाइते

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटनाः २ जनाको मृत्यु, २ घाइते

  • शुक्रवार, कार्तिक ११ २०७९

  • 509
    SHARES

  • अर्घाखाँचीमा मोटरसाइकल दुर्घटनाः २ जनाको मृत्यु, २ घाइते

    काठमाडौं । अर्घाखाँचीको सन्धिखर्कमा निर्माणाधीन एयरपोर्टमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छन्।

    सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन एयरपोर्टको रनवेयमा मोटरसाइकल चलाउने क्रममा गएराती अनियन्त्रित भई दुई मोटरसाइकल दुर्घटनामा परेका हुन्।

    प्रदेश नम्बर २–०३८.प.५०३२ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार सन्धिखर्क नगरपालिका– १ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले बताउनुभयो ।

    अर्को बा २५ प ८८७६ नम्बरको मोटरसाइकलमा सवार सन्धिखर्क २ आटिकापाटा निवासी ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन्। घाइतेको बुटवलमा रहेको मर्सिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीको भनाइ छ। मोटरसाइकल ओभर स्पिडका कारण घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ। घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रिजालले जानकारी दिनुभयो ।


    शुक्रवार, कार्तिक ११ २०७९०८:४८:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij