Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

महोत्तरीको भंगाहामा अनिश्चितकालीन कर्फ्यू

महोत्तरीको भंगाहामा अनिश्चितकालीन कर्फ्यू

  • बिहिवार, कार्तिक १० २०७९

  • 848
    SHARES

  • महोत्तरीको भंगाहामा अनिश्चितकालीन कर्फ्यू

    काठमाडौं । महोत्तरीको भंगहा नगरपालिका- ८ मा दुई समुदायबीच झडप पश्चात अवस्था तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय महोत्तरीले दिउसो ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो । आदेशको वर्खिलाप भएमा कानून बमोजिम कडा कारवाही हुने चेतावनी समेत दिइएको छ ‌।

    दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तर पूर्व ब्रम्हस्थान पररिया र उत्तरमा धर्मपुर भन्दा दक्षिणको भाग, पूर्वमा लोहारपट्टी नपा वडा नं १ बगडा चौक र पश्चिममा इलाका प्रहरी कार्यालय, लोहारपट्टी नजिकोको पुलसम्म कर्फ्यू आदेश जारी गरिएको छ ‌।

    सम्प्रादायिक सदभाव खलल पुग्ने गरी दुई पक्ष बीच झडपको स्थिति सिर्जना भई शान्ति सुरक्षाको स्थिति भंग हुन सक्ने अवस्ता सृजना भएको हुँदा स्थितिलाई सामान्यिकरण गर्ने प्रयास भइरहेको प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ‌।

    कर्फ्यू आदेश जारी रहेसम्म सो क्षेत्रमा अत्यावश्यक सेवा वाहेक उक्त स्थानमा भेला, जुलुस, प्रदर्शन, घेराउ, याली, सभा जस्ता कृयाकलाप गर्न पाइने छैन् ‌।

    हिन्दू सम्राट सेनाले शोभायात्रा निकालेको बेला अर्का समुदायका व्यक्तिहरु पत्थरबाजी गरेपछि झडप भएको प्रहरीले जनाएको छ ‌। स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा रहेका प्रहरीले दर्जनौं सेल आसुग्यांस र हवाई फायर गरे ‌। तर पनि स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

    झडपमा दुई पक्षका दर्जनौं व्यक्ति घाइते भएका छन् । उनीहरुको ढुंगामुडाका कारण केहि प्रहरी पनि घाइते भएका छन् । अहिले सो ठाउमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालित छन् ।

    letter.jpg


    बिहिवार, कार्तिक १० २०७९०७:३०:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij