Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

म्यादी प्रहरीले टिकटक बनाउन नपाइने

म्यादी प्रहरीले टिकटक बनाउन नपाइने

  • बिहिवार, कार्तिक १० २०७९

  • 660
    SHARES

  • म्यादी प्रहरीले टिकटक बनाउन नपाइने

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि खटिने म्यादी प्रहरीले टिकटक बनाउन नपाउने भएका छन् ।

    सुरक्षामा खटिने क्रममा पोसाकको दुरुपयोग गरी सामाजिक सञ्जालमा भिडियो, तस्बिर राख्ने र प्रहरीको पोसाक अन्य व्यक्तिले लगाएर टिकटक बनाएमा कारबाही गरिने लमजुङका डीएसपी प्रकाश श्रीमलले बताउनुभयो ।

    जिल्लामा एक हजार ९७ म्यादी प्रहरी निर्वाचनका लागि सुरक्षामा खटिने छन् ।

    मंगलबारदेखि निर्वाचन केन्द्रित सुरक्षामा म्यादी खटेको प्रहरी डिएसपी श्रीमलले बताउनुभयो ।

    बेंसीशहरमा १० दिनसम्मको तालिम लिएपछि निर्वाचन लक्षित सुरक्षामा खटिन लागेका म्यादी प्रहरीलाई निर्देशन दिइएको हो ।


    बिहिवार, कार्तिक १० २०७९०९:३१:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij