Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

सर्लाहीमा पोखरीभित्र ८ वर्षीया बालिकाको शव

सर्लाहीमा पोखरीभित्र ८ वर्षीया बालिकाको शव

  • मंगलवार, कार्तिक ८ २०७९

  • 367
    SHARES

  • सर्लाहीमा पोखरीभित्र ८ वर्षीया बालिकाको शव

    काठमाडौं । सर्लाहीको कबिलासीको एक पोखरीमा ८ वर्षीया बालिकाको शव भेटिएको छ।

    कबिलासी नगरपालिका(४, जमुनियाँ निवासी सुनिल पासवानकी ८ वर्षीया छोरी सीताकुमारी पासवानको शव सोमबार दिउँसो घरनजिकै पोखरीमा डुबेको अवस्थामा फेला परेको हो।

    बालिका नुहाउने क्रममा पोखरीमा डुबेको आफन्तले बताएका छन्। पोखरीमा डुबेर बालिका अचेत भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

    बालिकालाई पोखरीबाट निकाले उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र जमुनियाँ पुर्‍याउदाँ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

    पोस्टमार्टमपछि बालिकाको शव आफन्तको जिम्मा लगाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिनुभयो।


    मंगलवार, कार्तिक ८ २०७९०८:५४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij