Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

फुलैफुलको पर्व तिहारमा स्वदेशी फुल उपेक्षामा, विदेशबाटै आयात हुन्छ करोडौँको फुल (खास खबर)

फुलैफुलको पर्व तिहारमा स्वदेशी फुल उपेक्षामा, विदेशबाटै आयात हुन्छ करोडौँको फुल (खास खबर)

  • आइतवार, कार्तिक ६ २०७९

  • 657
    SHARES

  • फुलैफुलको पर्व तिहारमा स्वदेशी फुल उपेक्षामा, विदेशबाटै आयात हुन्छ करोडौँको फुल (खास खबर)
    काठमाडौं । हरेक वर्षझैँ यसवर्ष पनि गाउँ, शहरमा फुलको सजावटले मोहित तुल्याएको छ । रंगीचङ्गी फुलहरूले तिहारको रौनकलाई थप मलजल गरेको छ । तिहार त्यसैपनि फुलैफुलको पर्व हो । नेपालमा पछिल्लो समय फुल उत्पादनमा आकर्षण पनि बढ्दै गएको पाइन्छ । युवादेखि वयवृद्धहरु यो पेसामा लागेका छन् ।
     नेपालमा २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय सातै प्रदेशमा व्यावसायिक खेती गर्ने क्रम बढिरहेको छ । विशेषगरी शहरी क्षेत्रमा फूलका पारखीको संख्या बढ्दो छ । हाल नेपालका ४८ जिल्लामा करिब १ सय ७८ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । त्यसैगरी ७३२ भन्दा बढी पुष्प व्यवसायी रहेका छन् । पुष्प व्यवसायमा साढे ६ अर्बभन्दा बढीको लगानी रहेको छ । आर्थिक वर्ष २०७८/०७९ मा पुष्प तथा पुष्पजन्य वस्तुको निर्याततर्फ करिब ९९ लाख र आयाततर्फ करिब ३६ करोड बराबरको कारोबार भएको फानले जानकारी दिएको छ ।
     
     यो वर्षको तिहारमा करिब साढे २४ लाख फूलका माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फान) का अनुसार गत वर्षको तिहारमाभन्दा यस पटक दुई लाखले बढेर साढे २४ लाख फूलको माला खपत हुने भएको हो । नेपालमा तिहारका लागि गत वर्ष करिब १२ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो । यो वर्ष करिब साढे १३ करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने अनुमान छ ।  ललितपुरको जावलाखेलमा यसवर्ष पनि १५औँ गोदावरी पुष्प मेला लागेको छ । मेला अवलोकन गर्न गएकाहरू स्वदेशी फुल र जडीबुटी नपाउँदा निराश थिए भने कतिपय फुलको मनमोहक दृश्यले हर्षित पनि ।
     
    गत वर्षको तिहारमा करिब ५२ लाख मूल्य बराबरको गोदावरी कारोबार भएको थियो भने यो वर्ष करिब ८० लाख मूल्यको गोदावरी फूलको कारोबार हुने अनुमान गरिएको छ । समय अनुसार फुलको मूल्यमा पनि परिवर्तन भएको व्यापारीको भनाइ छ । 
     
    नेपालमा पनि धेरै बाँझो जमिन रहेको छ, यो जमिनलाई उपयोग गरी पुष्प व्यवसाय गर्ने हो भने नागरिकको जीवनस्तरमा सुधार आउने देखिन्छ । स्थानीय तह र पालिकाहरूले किसानहरूलाई पुष्प व्यवसायबारे तालिम र शिक्षा दिएर नेपालकै उत्पादनले माग धान्न सक्ने बनाउन जरुरी छ । 
     
     


    आइतवार, कार्तिक ६ २०७९०८:१५:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij