Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सकियो सन्दीप लामिछानेमाथिको अनुसन्धान, के छ प्रतिवेदनमा ?

सकियो सन्दीप लामिछानेमाथिको अनुसन्धान, के छ प्रतिवेदनमा ?

  • आइतवार, कार्तिक ६ २०७९

  • 1.0K
    SHARES

  • सकियो सन्दीप लामिछानेमाथिको अनुसन्धान, के छ प्रतिवेदनमा ?

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको आरोपबारे प्रहरीले अनुसन्धान पुरा गरेको छ ।

    आइतबार प्रहरी वृत गौशालाले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ । प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख (सह–न्यायाधिवक्ता) अच्यूतमणि न्यौपानेले बताउनुभयो ।

    प्रहरीले सन्दीप विरुद्ध जबर्जस्ती करणी गरेको कसुरमा अधिकतम सजाय हुन माग दावी गरेको छ । अनुसन्धान प्रतिवेदनका आधारमा अभियोग पत्र तयार गरेर तिहार विदापछि जिल्ला अदालतमा अभियोग पत्र दायर गरिने सह न्यायाधिवक्ता न्यौपानेले जानकारी दिनुभयो ।

    आइतबार काठमाडौं जिल्ला अदालतले सन्दीपलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । सन्दीप असोज २० बाट गौशाला प्रहरीको हिरासतमा छन् । उनीविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् ।


    आइतवार, कार्तिक ६ २०७९०६:२८:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij