Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

बबई नदीमा डुबेर बेपत्ता दुई किशोरीको शव भेटियो

बबई नदीमा डुबेर बेपत्ता दुई किशोरीको शव भेटियो

  • आइतवार, कार्तिक ६ २०७९

  • 323
    SHARES

  • बबई नदीमा डुबेर बेपत्ता दुई किशोरीको शव भेटियो
    काठमाडौं ।  दाङमा बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई किशोरीको शव फेला परेको छ । आइतबार(आज) दिउँसो साढे ३ बजे प्रहरी र स्थानीय बासिन्दाको टोलीले शव फेला पारेका हुन् ।
     
    हिजो बबई नदीमा नुहाउन गएका दंगीशरण गाउँपालिका–२ का १४ वर्षीया रमा शाह र सल्यानको दमाचौरका १४ वर्षीया गोमा चन्दको शव करिब २७ घण्टापछि फेला पारेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।
    तुलसीपुर उपमहानगरपालिका–११ को मोतीपुर नजिकै हिजो दिउँसो १ बजेतिर बबई नदीमा नुहाउन गएका तीन जनामध्ये दुई जना बेपत्ता भएका थिए ।


    आइतवार, कार्तिक ६ २०७९०५:४१:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij