Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

कपिलवस्तुमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

कपिलवस्तुमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

  • शनिवार, कार्तिक ५ २०७९

  • 424
    SHARES

  • कपिलवस्तुमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

    काठमाडौं । कपिलवस्तुको बाणगङ्गामा सशस्त्र प्रहरीको ट्रक दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।

    दुर्घटनामा गम्भीर घाइते थप २ सशस्त्र प्रहरीको शुक्रबार मध्यराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले जानकारी दिनुभयो ।

    दुर्घटनामा गम्भीर घाइते सशस्त्र प्रहरी जनक चौधरी र रमेश चौधरीको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको उपरीक्षक घलेले पुष्टि गरे ।

    यो संगै मृतकको संख्या ४ पुगेको छ भने घाइते ३ जनाको उपचार भइरहेको छ । यसअघि शुक्रबार साझ नै चालक तथा सशस्त्र प्रहरी जवान रमेश चौधरी र स्थानीयबासी अमर तङनामीको मृत्यु भएको थियो ।

    शुक्रबार साँझ जिल्लाको बाणगङ्गा नगरपालिका वडा नं। ३ सिउटीमा सशस्त्र प्रहरी सवार ना १ ग ५५४ नं. को ट्रक अनियन्त्रित हुँदै दुर्घटनामा परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

     


    शनिवार, कार्तिक ५ २०७९१०:३२:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij