Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

निर्वाचनका बेला नेपाल–भारत सीमा ७२ घण्टा सिल गरिने

निर्वाचनका बेला नेपाल–भारत सीमा ७२ घण्टा सिल गरिने

  • शुक्रवार, कार्तिक ४ २०७९

  • 434
    SHARES

  • निर्वाचनका बेला नेपाल–भारत सीमा ७२ घण्टा सिल गरिने

    महेन्द्रनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्वाचनको समयमा ७२ घण्टा सीमा सिल गरिने भएको छ।

    भारतको उत्तराखण्ड प्रदेशको उद्धमसिंहनगर जिल्लाको रुद्रपुरमा बिहीबार सम्पन्न नेपाल–भारत संयुक्त बैठकले यस्तो निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिनुभयो ।

    कैलाली–कञ्चनपुरका प्रशासन तथा सुरक्षा निकायका प्रमुख र भारतीय अधिकारीहरू बीच छलफल भएको थियो। उहाँका अनुसार बैठकमा सीमा नाकामा हुने आपराधिक गतिविधि हुन नदिन आ–आफ्नो क्षेत्रमा सुरक्षा निगरानी बढाउने सहमति भएको छ।

    ‘बैठकमा निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि सीमा नाका सिल गर्ने सहमति भएको छ’, उहाँले भन्नुभयो, ‘निर्वाचन प्रभावित हुने गतिविधि हुन नदिन सीमा नाकामा सुरक्षा निगरानी बढाउने समझदारी भएको छ।’

    उनले पश्चिमी सीमा नाका गड्डाचौकीमा नेपालीहरूमाथि दुर्व्यवहार हुने गुनासो आएकाले यस विषयमा पनि भारतीय सुरक्षा अधिकारीसमक्ष नाकामा मैत्रीपूर्ण व्यवहारको वातावरण बनाउन आग्रह गरिएको बताउनुभयो ।

    ‘नाकामा हुने काठ तस्करी, चोरी निकासी र आपराधिक गतिविधि नियन्त्रण गर्ने कुरामा एकआपसमा सहयोग गर्ने कुरामा पनि बैठकमा सहमति भएको छ’, उहाँले भन्नुभयो, ‘हुलाकी राजमार्ग निर्माणमा पनि अवरोध आएकाले सम्बन्धित स्थानीय अधिकारीहरूले स्थलगत अवलोकन गरेर सहजीकरण गर्ने विषयमा छलफल भएको छ।’

    स्थानीयस्तरका समस्या समाधान र अपराध नियन्त्रणका लागि हरेक तीनरतीन महिनामा नेपाल–भारत संयुक्त बैठक हुँदै आएको छ।


    शुक्रवार, कार्तिक ४ २०७९०७:३२:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij