Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

कमेडियन अपूर्व क्षितिज सिंहलाई अदालत लगियो

कमेडियन अपूर्व क्षितिज सिंहलाई अदालत लगियो

  • बिहिवार, कार्तिक ३ २०७९

  • 518
    SHARES

  • कमेडियन अपूर्व क्षितिज सिंहलाई अदालत लगियो

    काठमाडौं । ५ वर्षसम्म कैद मागदाबी गरिएको मुद्दामा प्रतिवादी बनाइएका कमेडियन अपूर्व क्षितिज सिंहलाई अदालत लगिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार उनलाई जिल्ला अदालत काठमाडौं लगेको हो।

    अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा उनको बयान लिने तयारी गरिएको छ। बयान सकेपछि बिहीबार नै थुनछेक बहस समेत हुने बताइएको छ। थुनछेक बहसपछि अपूर्वलाई साधारण तारेख वा धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश आउने छ।

    अपूर्वविरुद्ध ४ वटा कसुरमा मुद्दा दायर भएको छ। अभियोग पत्रमा मुलुकी अपराध संहिता २०७४ परिच्छेद–१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा ६५ सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६५ अन्तर्गत सामाजिक रितिस्थितिमा खलल पार्न नहुने कसुर, दफा १६६ अन्तर्गत जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने र दफा १६८ को अपमानजनक वा अमावनीय व्यवहार गर्न नहुने कसुर गरेको दाबी गरिएको छ।

    व्यंग गर्दा नेवार समुदायको आस्थामा चोट पुर्‍याएको भन्दै उनीविरुद्ध प्रहरीमा जाहेरी परेको थियो। त्यसपछि प्रहरीले अपूर्वलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो। केही दिन हिरासतमा बसेपछि उनलाई साधारण तारेखमा रिहा गरिएको थियो। बोलाएको बेला उपस्थिती हुने गरी छुटेका अपूर्व प्रहरीले बोलाएपछि सोमबार परिसर काठमाडौं पुगेका थिए।

    त्यसपछि प्रहरीले उनलाई हिरासतमै राखेको थियो। प्रहरीले सरकारी वकिलमार्फत् बिहीबार अपूर्वलाई अदालतमा उपस्थित गराएको छ। आफूले गरेको व्यंगबाट नेवार समुदायको आस्थामा चोट पुगेको भनेपछि उनले माफी माग्दै व्यंगात्मक भिडिओ युट्युबबाट हटाएका थिए।


    बिहिवार, कार्तिक ३ २०७९०२:१५:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij