Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

कात्तिक ८ गते खण्डग्रास सूर्यग्रहण लाग्ने, कुन राशिलाई कस्तो प्रभाव पार्छ जान्नुहोस्

कात्तिक ८ गते खण्डग्रास सूर्यग्रहण लाग्ने, कुन राशिलाई कस्तो प्रभाव पार्छ जान्नुहोस्

  • बिहिवार, कार्तिक ३ २०७९

  • 1.8K
    SHARES

  • कात्तिक ८ गते खण्डग्रास सूर्यग्रहण लाग्ने, कुन राशिलाई कस्तो प्रभाव पार्छ जान्नुहोस्
    काठमाडौं । कात्तिक ८ गते मंगलबार कात्तिक कृष्ण औंसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
     
    ग्रहणले अपराह्न ४ बजेर ५२ मिनेटमा स्पर्श गर्ने छ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ बजेर २४ मिनेटमा सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने उनले सुनाए । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी साढे सात बजे छाड्ने छ ।
     
    शास्त्रीय मान्यताअनुसार कात्तिक ८ गते बिहान ४:५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको छ ।
     
    ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।
     
    ग्रहणको समयमा के गर्ने र के नगर्ने:
    ग्रहणको  सुतक सुरु भएपछि कपाल काट्ने, नङ काट्ने, मूर्ति छुन, खान, पिउन आदि निषेध गरिएको छ । बालबालिका, वृद्धवृद्धा, बिरामी, गर्भवती महिलाले ग्रहण लाग्नुभन्दा तीन घण्टा अघिसम्म खाना, औषधि आदि लिन सक्नेछन् । ग्रहणको समयमा गर्भवती महिलाले घरबाट बाहिर निस्कनु हुँदैन, यसले बच्चामा नराम्रो प्रभाव पार्न सक्छ। सूर्यग्रहण खाली आँखाले नहेर्नुहोस्, ग्रहणको समयमा निस्कने पराबैंगनी किरणले आँखाको ज्योति घटाउन सक्छ, आँखा जलाउन सक्छ ।
     
    ग्रहणको समयमा सूर्य मन्त्रको जप गर्नुपर्छ। हनुमान चालिसा, बजरंग बान, हनुमान जीको मन्त्र जप गर्नुपर्छ। ग्रहण लागेपछि नुहाएर आफ्नो क्षमता अनुसार भोजन, फलफूल, कपडा आदि दान गर्नुपर्छ । दान गर्नु पर्ने वस्तुको ग्रहणको मध्यमा समाधान गर्नुपर्छ । जसको कुण्डलीमा सूर्यग्रहण अर्थात् राहु, केतु वा शनि सूर्यको साथमा बसेका छन्, उनीहरूले सूर्यलाई तामाका भाँडा, गहुँ आदि दान गर्नुपर्छ ।
     
    तुलसी वा कुश राख्नुहोस्:
    ग्रहणको समयमा खाना र पेय पदार्थहरूमा सूक्ष्म जीवहरू प्रवेश गर्छन्। त्यसैले सुतक लगाउनुअघि खाना, पानी, दूध, दही, तेल, अचार, चटनी आदिमा कुश वा तुलसीको पात राख्नुपर्छ। कुशमा सबै ब्याक्टेरिया जम्मा हुन्छन्, ग्रहण सकिएपछि त्यो कुश निकालेर फाल्नु पर्छ । तुलसीमा ब्याक्टेरियासँग लड्ने र मार्ने अद्भुत क्षमता छ। तुलसीको प्रभावले खाना र पेय पदार्थ प्रदूषणबाट मुक्त रहन्छ।
     
    सूर्यग्रहणले राशिफलमा कस्तो असर पार्छ: 
    यो खण्डग्रास सूर्यग्रहणले सबै १२ राशिमा फरक फरक प्रभाव पार्नेछ । अशुभ राशि भएका व्यक्तिले ग्रहणको समयमा जप-तप-दान-ध्यान गरी अशुभ प्रभावलाई कम गर्न सकिन्छ ।
     
    शुभ परिणाम– वृष, सिंह, धनु, मकर
    मध्यम फल– मेष, मिथुन, कन्या, कुम्भ
    अशुभ परिणाम– कर्कट, तुला, वृश्चिक, मीन
     
    ग्रहण फल:
    यसपालि मेषादि बाह्र राशिको ग्रहण फल यसप्रकार रहेको छ:
    मेष :        स्त्रीपीडा हुने
    वृष :        सुखदायी हुने
    मिथुन :     चिन्ता बढ्ने     
    कर्कट :     व्यथा बढ्ने
    सिंह :        श्री: प्राप्ति हुने
    कन्या :      क्षति हुने
    तुला :        घात हुने
    बृश्चिक :     खर्च बढ्ने
    धनु :          लाभ हुने
    मकर :       सुख मिल्ने
    कुम्भ :        मानहानी हुने
    मीन :          कष्ट हुने ।
     
     
     
     


    बिहिवार, कार्तिक ३ २०७९१२:२४:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij