Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना, आइसीयूमा उपचार हुदै

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना, आइसीयूमा उपचार हुदै

  • बुधवार, कार्तिक २ २०७९

  • 656
    SHARES

  • प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना, आइसीयूमा उपचार हुदै

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना हुनुभएको छ ।

    सीताको स्वास्थ्यमा समस्या आएपछि ललितपुरको मेडिसीटी अस्पताल भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार सीताको आइसीयूमा उपचार भइरहेको छ ।

    ‘स्वास्थ्यमा समस्या आएपछि आज अस्पताल भर्ना हुनुभएको हो । अहिले आइसीयूमा उपचार भइरहेको छ,’ अस्पताल स्रोतले भन्यो ।

    सीता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित हुनुहुन्छ । सीता मधुमेह र उच्च रक्तचापबाट समेत पीडित हुनुहुन्छ ।

    स्नायुरोग विशेषज्ञहरुले दिएको जानकारी अनुसार सीतालाई लागेको रोक मस्तिष्कमा लाग्ने रोग हो । यो रोग निकै कम मानिसमा देखिने गर्दछ ।


    बुधवार, कार्तिक २ २०७९०५:२९:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij