काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बुधबार दिउँसो ३ बजेर ८ मिनेट जाँदा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो ।
काठमाडौंलगायत आसपासका जिल्लाहरू धादिङ, नुवाकोट, काभ्रे, मकवानपुर र चितवनसम्म पनि धक्का महसूस गरिएको सर्वसाधारणले जनाएका छन् । भूकम्पको धक्का १० सेकेन्डभन्दा बढी समयसम्म महसूस भएको थियो ।
भूकम्प कति रिक्टरस्केल र कहाँ केन्द्रबिन्दु भएर गयो भन्नेबारे जानकारी प्राप्त हुन बाँकी छ ।