Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सिंगुसले चिल्दा १ जनाको मृत्यु, ६ जना घाइते

सिंगुसले चिल्दा १ जनाको मृत्यु, ६ जना घाइते

  • बुधवार, कार्तिक २ २०७९

  • 556
    SHARES

  • सिंगुसले चिल्दा १ जनाको मृत्यु, ६ जना घाइते

    काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरे नजिक सिंगुसले चिल्दा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा व्यास नगरपालिका–११ निवासी ६७ वर्षीय गंगाप्रसाद सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज खड़काले जानकारी दिनुभयो ।

    शरीरभरि सिंगुसले टोकेर सख्त घाइते भएका सुवेदीको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।

    सिमलको रुखमा रहेको सिंगुसले चिल्दा अरु ६ जना घाइते भएका छन् । घाइतेको दमौली अस्पतालमा उपचार भैरहेको छ ।

    मृतक सुवेदीलाई दुई सय भन्दा बढी सिंगुसले टोकेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।


    बुधवार, कार्तिक २ २०७९०२:१२:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij