Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछाने माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीप लामिछाने माथिको अनुसन्धान अन्तिम चरणमा

  • बुधवार, कार्तिक २ २०७९

  • 675
    SHARES

  • सन्दीप लामिछाने माथिको अनुसन्धान अन्तिम चरणमा

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्ध दर्ता भएको बलात्कार मुद्दाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । आज जिल्ला अदालतमा प्रहरी वृत गौशालाका अनुसन्धान अधिकृतले सन्दीपको बयान पुरा भएको र पत्राचारको काम मात्रै बाँकी रहेको जानकारी गराएका छन् ।

    अनुसन्धान अन्तिम चरणमा पुगेको हुनाले अदालतले लामिछानेलाई थप ४ दिन मात्रै हिरासतमा राख्न म्याद दिएको छ ।

    प्रहरीले सन्दीपलाई थप ७ दिन हिरासतमा राख्न अनुमति मागेको थियो । तर, सन्दीपको तर्फबाट मुद्दा हेरिरहेका अधिवक्ता सरोजकृष्ण घिमिरेले प्रतिवाद गर्नुभएको छ । न्यायाधीश नारायणप्रसाद दाहालले ४ दिनमा अनुसन्धान सकेर कार्तिक ६ मा अनुसन्धान प्रतिवेदन सहित आरोपीलाई उपस्थित गराउन आदेश गर्नुभएको छ ।

    बयान पुरा भएको र पत्राचार गर्न बाँकी रहेको अनुसन्धान अधिकृतले इजलासमा जानकारी गराएको अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिनुभयो ।


    बुधवार, कार्तिक २ २०७९०१:५३:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij