काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगी संक्रमण भएको छ ।
संक्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना हुनुभएको छ ।
गत शुक्रबार सामान्य ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि केसीले डेंगी परीक्षण गराउनुभएको थियो ।
राज्यमन्त्री केसीलाई शरीर गल्ने, टाउको दुख्ने, कमजोर महसुस हुने समस्या देखिएको छ ।
बुधबार भने केसीको स्वास्थ्य अवस्था सामान्य रहेको राज्यमन्त्री केसीका प्रमुख सचिव अमित शर्माले जानकारी दिनुभयो ।