Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

झापामा भतिजलाई गोली हानेर एक व्यक्तिले गरे आत्महत्या

झापामा भतिजलाई गोली हानेर एक व्यक्तिले गरे आत्महत्या

  • बुधवार, कार्तिक २ २०७९

  • 294
    SHARES

  • झापामा भतिजलाई गोली हानेर एक व्यक्तिले गरे आत्महत्या

    काठमाडौं । झापाको गौरादह नगरपालिका–८ मा एकजनाले भतिजलाई गोली हानेर आफूले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार घटनामा स्थानीय ३५ वर्षका विरेन साहको मृत्यु भएको हो। उनले आफैँले कञ्चटटमा गोली हानी आत्महत्या गरेको झापा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो ।

    विरेनले हेमराज आफ्नै घर अगाडि चाइनिज पेस्तोलले गोली प्रहार गरेर भागेका थिए। लगत्तै १०० मिटर उतर सुकुना खोला किनारमा कञ्चटमा गोली लागि मृत्यु भएको अवस्थामा फेला परेको झापा प्रहरीले जनाएको छ।

    वीरेनले भतिज १५ वर्षीय हेमराजलाई गोली हानी केही बेरमा आफैँलाई प्रहार गरेका थिए। घाइते उनको विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ।

    मृतक विरेन पूर्व सशस्त्र प्रहरी रहेको खुलेको प्रजिअ रिजालले जानकारी दिनुभयो ।

    घटनास्थलबाट एक थान कटुवा पेस्तोल, दुई थान म्यागजिन, एक थान गोलीको खोका र १५ राउण्ड गोली फेला परेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


    बुधवार, कार्तिक २ २०७९०७:२४:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij