Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

शरद र रोशनीको शव ३ दिनपछि आफन्तले बुझे

शरद र रोशनीको शव ३ दिनपछि आफन्तले बुझे

  • मंगलवार, कार्तिक १ २०७९

  • 699
    SHARES

  • शरद र रोशनीको शव ३ दिनपछि आफन्तले बुझे

    काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँमा फेला परेको दुई किशोर किशोरीको शव तीन दिनपछि आफन्तले बुझेका छन् ।

    असोज ३० गते जंगलमा हत्या गरी खाल्डोमा पुरिएको अवस्थामा फेला परेको दमार गाउँकी १५ वर्षीया रोशनी महतरा र सोही ठाउँमा बस्दै आएका दंगीशरण गाउँपालिका–६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव आज दिउँसो आफन्तले बुझेका हुन् ।

    यसअघि दोषीलाई पक्राउ नगरेको भन्दै मृतकका आफन्तले शव बुझ्न मानेका थिएनन् भने पोष्टमार्टम गर्न समेत नदिने अडान लिएका थिए । स्थानीय प्रशासनसँग सहमतिपछि मंगलबार दिउँसो शव बुझेको रोशनीका काका टेकसिंह महतराले बताउनुभयो ।

    मृतक दुबै जनाको पोष्टमार्टम राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ । पोष्टमार्टमपछि आफन्तलाई शव जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख वीरबहादुर वलीले जानकरी दिनुभयो । उनीहरुको शव शीतलपुरको बबई नदी किनारमा अन्त्येष्टि हुँदैछ ।

    मृतकको शरीरमा चोटपटक देखिएकाले हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । प्रहरी प्रमुख वलीले घटनाका विषयमा अनुसन्धान भइरहेको र नयाँ तथ्य फेला नपरेको बताउनुभएको छ ।

    घटनाको अनुसन्धानका लागि प्रहरीले १० जना भन्दा धेरैसँग सोधपुछ गरिसकेको छ । प्रहरी प्रमुख वलीले घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको र केही व्यक्ति पक्राउ पनि परेको बताउनुभयो । तर घटनामा उनीहरुको संलग्नता पुष्टि भइसकेको छैन ।

    गत असोज २७ राति घरबाट हराएका शरद–रोशनी शव आइतबार दमार गाउँको जंगलमा फेला परेको थियो । उनीहरु दुबै जना दमार गाउँकै अम्बिकेश्वरी माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्दै आएका थिए । किशोरीको आमाबुवा कामको सिलसिलामा भारतमा बस्दै आएका छन् । किशोर सानै उम्मेरदेखि मामाघरमा बस्दै आएका थिए ।


    मंगलवार, कार्तिक १ २०७९०५:१३:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij